IMG-LOGO

राष्ट्र सेवक साकोस काभ्रेको १४ औं साधारण सभा

 मंगल, माघ १, २०८१  ---

    राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–७ काभ्रेको १४ औं साधारण सभा निजामती कर्मचारी संगठन केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका पूर्व उपाध्यक्ष गायत्री रमण घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अध्यक्ष मोहन लाल श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६९ जिल्लामा सञ्चालित उक्त सहकारीले ३ अर्ब भन्दा बेसी पूँजी परिचालन १ सय ५० जनालाई रोजगारी दिन सकेको छ । संस्थाका सचिव पुरुषोतम हुमागाइले प्रगति प्रतिवेदन र भावी कार्य योजना , कोषाध्यक्ष देवबहादुर बस्नेतले आ. व. ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन र लेखा संयोजक राजेन्द्र प्रसाद बजगाइले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा केन्द्रिय पदाधिकारी, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी , सल्लाहकार समिति संयोजक विजया लक्ष्मी सुवेदी, सदस्यहरु भवानी हुमागाई, सरोज थापा र गायत्री रमण घिमिरे सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेश प्रसाद न्यौपाने, चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । २४ लाख ६१ हजार ६ सय शेयर पूजी रहेको, ८० लाख ९१ हजार ६ सय ६४ बचत निक्षेप संकलन गरी आ. व. ०८० ÷ ०८१ मा ९२ लाख ४२ हजार ५ सय ८५ ऋण लगानीमा रहेको जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्