IMG-LOGO

अर्थभूमि साकोसको १५ औं साधारण सभा

 मंगल, माघ १, २०८१  ---

    अर्थभूमि साकोस धुलिखेलको १५ औ बार्षिक साधारणमा आर्थिक वर्ष २०८०÷२०८१ को बार्षिक प्रतिवेदन तथा चालु वर्षका कार्यक्रम सर्वसम्वतले पास भएका छन् । अध्यक्ष जयकृष्ण न्हसिजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख अशोक ब्याञ्जु हुनुहुन्थ्यो ।

    कार्यक्रममा अर्थभूमि सहकारी काठमाडौका प्रवन्धक सन्तोष भुखजु, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, धुलिखेल नगरपालिका न्यायिक समिति सदस्य तथा वडा सदस्य हिरा तामाङ, अर्थभूमि सहकारी धुलिखेलका प्रवन्धक शैलेश श्रेष्ठ लगायतले सहकारीले पु¥याएको योगदान र बदलिँदो अवस्थामा सहकारीका चुनौतीका बारेमा धारणा राखेका थिए । साधारण सभाको अवसर पारी सहकारीले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सहकारीमा चुक्ता शेयर पुँजी १ करोड १५ लाख १६ हजार ९ सय रुपैया रहेको छ भने १४ करोड ४१ लाख १७ हजार रुपैया बचत रहेको छ ।

    १४ करोड ६० लाख रुपैया कर्जामा रहेको सहकारीले आर्थिक वर्षको अवधीमा १ करोड ४५ लाख ५४ हजार आम्दानी गरेको छ । जगेडा कोषमा ७८ लाख ७० हजार र ऋण नोक्सानी कोषमा ४२ लाख विनियोजन गरिएको छ । सभामा बार्षिक, आर्थिक, लेखा समितिको प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्