IMG-LOGO

सहकारी सम्बन्धी संशोधन गर्न बनेको अध्यादेशको प्रभावको बारेमा बहस

 मंगल, माघ १, २०८१  ---

    जिल्ला बचत संघ काभ्रेको आयोजनामा “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले” पार्ने बचत तथा ऋण कारोबार गर्ने संस्थाहरुलाई पार्ने प्रभाव र आगामी दिनमा संघको भूमिका” सम्बन्धी अन्तरक्रियामा संघका अध्यक्ष उदयराम कायस्थको सभाध्यक्षमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघ÷संस्थाहरुबाट गरि ८१ जनाको सहभागिता रहेको कार्यक्रममा संघका सल्लाहकार इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै सहकारी ऐन २०७४  संशोधनले सहकारी संस्थाहरुलाई झन कमजोर बनाउने किसिमको अध्यादेश ल्याएको हुँदा संस्थाहरुलाई संकुचन पार्ने विषयहरुका बारेमा नियामक निकायहरुसँग आवश्यक बहस गरि अभियानकर्मीहरुसँग परामर्श लिई पुन आवश्यक संशोधन गराउनका लागि अभियानकर्मीहरु एकजुट भई लाग्नुपर्ने कुरा स्वागत मन्तव्यको क्रममा राख्नुभएको थियो । संघका प्रमुख सल्लाहकार रामहरि के.सीले पानसमा दिप प्रज्वोलन गरि कार्यक्रमको विधिवत् रुपमा उद्घाटन गर्नुभएको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकालले सहकारी अध्यादेशले बचत तथा ऋण कारोबार गर्ने संस्थाहरुलाई पार्ने प्रभाव र संघको आगामी भूमिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । अन्तरक्रियामा विभिन्न संघ÷संस्थाहरुबाट उपस्थित हुनुभएका सदस्य संस्थाका अध्यक्ष एवम् व्यवस्थापन प्रमुख र सरोकारवालाहरुको उपस्थितिमा अध्यादेशमा व्यवस्था भएका प्रावधानहरुलाई शंसोधनका लागि सभाहलबाट संघका अध्यक्ष उदयराम कायस्थको संयोजकत्वमा ७ जनाको कार्यदल गठन गरिएको थियो । जसमा सदस्य तर्फ संघका सल्लाहकार इन्द्रप्रसाद अधिकारी, सामुदायिक साकोसका अध्यक्ष मुकुन्द शर्मा वाग्ले, बुडोल साकोसका अध्यक्ष कैलाश के.सी, जागृत कुशादेवी साकोसका उपाध्यक्ष कमला अधिकारी, विन्धवासीनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.वि लामा र जिल्ला बचत संघ काभ्रेका प्रमुख कार्यकारी अधिृकत गुरुप्रसाद ढकाल सहितको कार्यदलले अध्यादेशमा व्यवस्था भएका प्रावधानहरुलाई संशोधनका लागि तयार गरिएको ४ महलियलाई सम्बन्धीत निकायहरुमा पेश गर्ने तयारी गरिएको छ । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष उदयराम कायस्थले धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्दै बचत संघ काभ्रेले सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र उत्थानमा छाता संघको अभिभावकीय भूमिका निर्वाह गर्दै हालै जारी गरिएको सहकारी अध्यादेशमा गहिरो अध्ययन गरि राम्रा कुराहरुलाई सम्मान गर्दै केही संशोधन गर्न आवश्यक देखिएको विषयहरुलाई काभ्रे जिल्लाको तर्फबाट बचत संघले प्रतिनिधित्व गर्दै ऐन संशोधनका विषयमा आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन संघका सचिव सुरेन्द्र प्रसाद पौडेलले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्