IMG-LOGO

फोनिज काभ्रेको अध्यक्षमा पुनः इन्द्रबहादुर

 मंगल, माघ १, २०८१  ---

    धुलिखेल ÷ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । ६ औं जिल्ला अधिवेशनले थापामगरकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा दनुवार, सचिवमा सनम सुवाल, सहसचिवमा विपासना शाक्य र कोषाध्यक्षमा दलबहादुर (डिबी) लामा छन् । सदस्यहरूमा चेत बहादुर माझी, चन्द्र बहादुर लामा, सन्देश घले र अशोकबुद्ध लामा छन् । अधिवेशनको उद्घघाटनमा पत्रकार मानकाजी सुवाललाई सम्मान गरिएको थियो । कृयाशिल फोनिजकर्मीको रुपमा नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित फोनिजका संघीय अध्यक्ष गजुरधन राईले उनलाई सम्मान गरेका थिए । फोनिज काभ्रेले आफ्ना सदस्यको क्षमता अभिवृद्धि लगायतका कार्यमा सहयोग गरेको भन्दै रोशी गाउँपालिकालाई पनि कदरपत्र प्रदान गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्