शुभ यात्रा प्रस्तुत हल्ट प्राइज काठमाडौं विश्वविद्यालयको ग्रान्ड फिनाले २०२५ जनवरी ९ मा काठमाडौं विश्वविद्यालयको सी.भी. रमण अडिटोरियममा सम्पन्न भयो । प्रमुख अतिथि प्रा. डा. भूपेन्द्र बिमल क्षेत्रीले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । उहाँले स्वागत मन्तव्य दिँदै सकारात्मक र प्रेरणादायी वातावरणको सुरुवात गर्नुभयो । साथै, अतिथि वक्ता रिया प्रजापतिले पनि आफ्ना मूल्यवान् विचारहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई थप रोचक बनाउन काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यले सबैलाई आकर्षित गर्यो ।
मिस रिया प्रजापति (संस्थापक, प्रजापति सेरामिक), मिस सुबी काफ्ले (नेपालका लागि हल्ट प्राइज फाउन्डेसनकी राष्ट्रिय संयोजक), मिस गरिमा श्रेष्ठ (हल्ट प्राइज नेपालकी राष्ट्रिय सामुदायिक नेतृ), श्रीमती संगिता शर्मा (प्रेरणादायी आईटी क्षेत्रकी शिक्षिका), र श्री बिभू रत्न तुलाधर (हल्ट प्राइज काठमाडौं विश्वविद्यालयका सल्लाहकार) शामिल हुनुहुन्थ्यो। उहाँहरूको समर्थन र सहभागिताले आयोजकहरू र सहभागीहरूलाई धेरै प्रेरणा प्रदान गर्यो ।
कार्यक्रममा निर्णायकहरूको प्यानलले पाँच उत्कृष्ट टोलीका अभिनव विचारहरूको मूल्याङ्कन गर्न महत्वपूर्ण भूमिका खेले । निर्णायकहरूमा मनिष देवकोटा (सीईओ, गोल्डन फिडेलिटी प्रा.लि.), दर्शन खनाल (सीईओ, शुभ यात्रा), कश्यप शाक्य (दूरदर्शी उद्यमी र मार्केटिङ विज्ञ), र श्रीमती मोना न्याछोन (साइबर सुरक्षा विशेषज्ञ) हुनुहुन्थ्यो। उहाँहरूको मूल्यवान् मूल्याङ्कनले प्रतियोगिता उच्च स्तरको सुनिश्चितता दिलायो ।
कार्यक्रममा, २०२५ जनवरी ४ मा नेपाल कलेज अफ म्यानेजमेन्टमा सम्पन्न सेमिफाइनलबाट छनोट भएका पाँच फाइनल टोलीहरूले “ग्लष्mिष्तभम” भन्ने विषयमा आधारित आफ्ना अभिनव विचारहरू प्रस्तुत गरे। फाइनलिस्ट टोलीहरूमा टोली न्यूट्री नेस्ट, टोली म्यारा, टोली सिनर्जी, टोली ब्रीथ बक्स, र टोली फिल्टर फिक्सर थिए । टोलीहरूले आफ्नो सृजनात्मकता र उद्यमशील कौशल प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्ने प्रयास गरे ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको ‘द पिच’ नामक नाटकले कार्यक्रमलाई कलात्मक रूपमा विशेष बनायो । प्रदर्शनहरूपछि सबै अतिथि, निर्णायक र सहभागीहरूलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरियो। तत्पश्चात्, धेरै प्रतीक्षित प्रतियोगिताको नतिजा घोषणा गरियो । त्यसेगरी दोस्रो उपविजेता टोली म्यारा, प्रथम उपविजेता टोली ब्रीथ बक्स र विजेता टोली न्यूट्री नेस्ट भएको छ ।
हल्ट प्राइज काठमाडौं विश्वविद्यालयको विजेता टोली न्यूट्री नेस्टले अब हल्ट प्राइज नेपालको राष्ट्रिय फाइनलमा प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्यो । नतिजा घोषणा भएपछी निर्णायक सदस्य श्रीमती मोना न्याछोनले टोलीहरूको प्रस्तुतीबारे मूल्यवान् प्रतिक्रिया दिनुभयो र उच्चस्तरीय प्रस्तुतीहरूको प्रशंसा गर्नुभयो ।
कार्यक्रमको समापन हल्ट प्राइज काठमाडौं विश्वविद्यालयकी क्याम्पस निर्देशक मिस श्रीजु मानन्धरद्वारा धन्यवाद ज्ञापनसहित भयो । अन्तमा, निर्णायक, आयोजक समिति र सहभागीहरूबीच सामूहिक तस्बिर खिचेर कार्यक्रम सम्पन्न भयो ।
हल्ट प्राइज काठमाडौं विश्वविद्यालय २०२५ को यो फिनालेले युवा उद्यमीहरूको सृजनशीलता र दृढता देखाउँदै सामाजिक परिवर्तनमा नवीनता प्रवद्र्धन गर्न संस्थाको प्रतिबद्धता प्रकट गरेको छ ।
