कोभिड-१९ प्रकोपको दोश्रो लहरले नराम्ररी प्रभावित भए पछि रोकथाम तथा नियन्त्रणको लागि गत बैशाख देखि १६ गते देखि गरेको बन्दा बन्दीमा जनजीवन सहजताका लागि केही खुकुलो गरेको छ । जेठ ३० गते बसेको काठमाण्डौ भक्तपुर र ललितपुरका तीन जिल्लाका प्रशासन कार्यालयको बैठकले असाढ ७ गते सम्म पुनः निषेधाज्ञा जारी गरे पनि अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह गर्न केही सहजता प्रदान गरेको छ । यसैगरी काभ्रे जिल्लामा पनी हिजो सोमबार बसेको जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ संक्रमक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३)ले दिएको अधिकार प्रयोग गरी काभ्रे जिल्ला भर १ हप्ताको लागि आदेश जारी गरेको छ ।
जेठ १ गते देखि असाढ ७ गते राती १२ बजे सम्मको लागि आदेश जारी गरेको हो । सबै प्रकारको गोष्ठी, भेला, जुलुस, सभा समारोह, सिनेमा हल, पार्टी प्यालेस, स्वीमीङ पुल, मनोरञ्जन स्थल शैलुन, ब्युटिपालर, जिम खाना, समूहमा खेलीने खेलकुद, संग्राहलय आदी सञ्चालन नगर्ने । हाट, मेला, जात्रा, महोत्सब, पार्टी भोज नगर्ने, भिडभाड हुने कार्य नगर्ने, जिल्ला स्थित अत्यावश्यक सेवा प्रदायक सरकारी कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर न्यूनतम कर्मचारी उपस्थित भइ आन्तरिक कार्य सञ्चालन गर्ने, बैँक तथा वित्तीय सस्थाहरु (फाइनान्स कम्पनी समेतले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्ने, विमा समिति, बीमा कम्पनीहरुले आलोपालो गरेर २०% जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्न पाउने छन् ।
त्यस्तै सहकारी संस्था र रेमिटहरुले सिमित कार्मचारीहरुको प्रवन्ध गरी आइतबार र विहिबार सञ्चालन गर्न पाउने छन् । खाद्यन्न, दुध डेरी, मासु पसल, तरकारी फलफुल पसल, किराना पसल खानेपानी, ग्याँस पसलहरु डिपार्टमेन्टल स्टोर गर्ने समय विहान ६ बजे देखि १० बजे सम्म, पुस्तक पसलको हकमा साढे ११ बजे देखि ४ बजेसम्म, प्रिन्टिङ प्रेस १० बजे सम्म, हार्डवेयर पसल, विजुलीका सामान, स्टेस्नरी, सिमेन्ट, छड दिनको ३ बजे देखि राती ७ बजे सम्म सञ्चालन गर्न पाउने छन् । निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु जिल्ला भित्र खपत हुने सामग्रीको हकमा जिल्ला भित्र खपत हुने सामग्रीको हकमा साँझ ६ बजे देखि विहान ७ बजे सम्म जिल्ला बाहिरको हकमा राती ९ बजे देखि विहान ५ बजे सम्म सामग्री ढुवानी साधनहरु सञ्चालन गर्न सक्ने छन् ।
निषेध अवधिभर होटल रेष्टुरेन्टहरुले टेकअवे, होम डेलीभरी सेवा दिन सक्ने छन् । विवाह, ब्रतवन्ध, शुभकार्यका लागि ७ जना भन्दा बढी नहुने गरी १ वटा साधन प्रयोग गर्न सक्ने छन् । औषधी तथा स्वास्थ्य सामग्री उत्पादन, बेचविखन गर्ने उद्योग तथा पसलहरु लगायत आत्यावश्यक सेवा सम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न सकिने छ । आदेश उल्लंघन गरेको खण्डमा संकट व्यवस्थापन अध्यादेश २०७८ स्थानीय प्रशासन एने २०२८, संक्रमण रोक ऐन २०२० अनुसार कारबाही हुने कुरा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।
