IMG-LOGO

राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको ८ औं साधारण सभा

 मंगल, माघ १, २०८१  ---

    नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको आठौं वार्षिक साधारणसभा बुधबार कायष्थ बैँक्युट बनेपामा सम्पन्न भएको छ । प्रमुख अतिथि पुर्व उद्योग राज्यमन्त्री एवं वागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले साधारणसभाको उद्घाटन गर्दै पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय मानव स्वास्थ्यसँग जोडिएकाले गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो । व्यवसाय सञ्चालनमा कुनै नीतिगत सुधार आवश्यक परेमा आफूले पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले जुनसुकै व्यापार व्यवसाय गर्नेहरु करको दायरामा आउनुपर्ने भन्दै स्थानीय सरकारले सबै व्यवसायीको हितमा काम गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष तेविन्द्र रत्न शाक्यले निजि क्षेत्र र नेपाल सरकार सँगको सहकार्य, समन्वय र सहभागीतामा मुलुकलाई विकास र समृद्धिको उचाइमा पुर्याउने अभियानमा व्यवसायीहरु प्रतिवद्ध रहेको विचार राख्नुभयो । महासचिव हिम किसोर काङमाङ राइले अनुमती नलिई व्यवसायीक नाफा कमाउने उदेश्यले सञ्चालन भइरहेका व्यवसायको अनुगमन तथा निरिक्षण अनिवार्य एवं अपरिहार्य रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव प्रसाद तिमल्सिना लगायत देशभरका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्