IMG-LOGO

नोबेल साकोसको सदस्य शिक्षा कार्यक्रम

 मंगल, पौष २३, २०८१  ---

 

       बनेपा÷नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा अन्र्तक्रिया तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न गरेको छ । अध्यक्ष मोहनकृष्ण श्रेष्ठले संस्थाको कारोवार, गतिविधि तथा आगामी कार्ययोजनाका बारेमा प्रस्ट पार्नुभयो ।

       कार्यक्रममा संस्थाका ब्यवस्थापक नारायण गोपाल श्रेष्ठले संस्थाको मसिंर मसान्तसम्मको आर्थिक कारोवार तथा प्रगतिका बारेमा जानकारी गराउँदै सदस्यहरुलाई स्वागत गर्नुभयो । सह सचिव प्रमिला चण्डी श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष विजेशकुमार पोटे, सचिव बलराम श्रेष्ठ, कोषाध्यक्ष भिमकृष्ण श्रेष्ठ, सह कोषाध्यक्ष आशिष कोँजु तथा संचालक सदस्यहरु, लेखा समिति संयोजक बालकृष्ण श्रेष्ठ सहितका सदस्यहरुको सहभागिता रहेको थियो ।

       कार्यक्रममा जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्ठ जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, संस्थाका सल्लाहकार जयराम थापा लगायतको आतिथ्यता रहेको थियो । सहकारी सिद्धान्त र मूल्य, सहकारी संरचना, सदस्यलाई सेवा, सामाजिक उत्तरदायित्व, सहकारीका उदेश्य, सहकारीले गरिरहेका कार्य, कार्यक्षेत्र, सदस्यता, सदस्यताका लागि योग्यता, सदस्यको काम, कर्तब्य र अधिकार, शेयर पुँजी, बचत संकलन, ऋण प्रवाह र अवस्था लगायतका बारेमा जानकारी गराईएको थियो ।

       २०८१ मंसिर मसान्तसम्म शेयर पुँजी १ करोड ८३ लाख ६० हजार ५ सय, निक्षेप ९ करोड ५० लाख, जगेडा कोष तथा अन्य कोषमा ९९ लाख ५० हजार जम्मा भएको छ । सोहि अवसरमा सामुदायिक तर्फ बनेपामा रहेको हिमालय मावी र संस्थागत तर्फ प्रगति प्रभात एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुका लागि स्टेशनरी उपलब्ध गराईएको थियो । कार्यक्रममा गायकहरु मुना रोक्का, निगम खाती, अल्बर्ट बुढाथोकी र पुस्पा जोशीले गायन तथा नृत्य प्रस्तुतीबाट उपस्थित शेयर सदस्यहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन प्रमिला चण्डी श्रेष्ठले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्