सेतीदेवी माध्यमिक विद्यालय धुलिखेल नगरपालिका २ रविले स्थापनाको ६३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस शैक्षिक प्रर्दशनी र सेतिदेवी दर्पण नामक स्मारिका विमोचन गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अध्यक्ष कुमार ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार सारु मगरले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
शैक्षिक प्रर्दशनी तथा स्मारिका प्रकाशन यो नै पहिलो पटक हो । विद्यार्थीहरुले पाठ्यक्रम सिकाईका आधारमा तयार गरिएका शैक्षिक सामाग्रीहरु प्रर्दशन गरिएको थियो । २५ वटा स्टल प्रर्दशनीमा राखिएको थियो । जसमा नगरपालिकाको समग्र वातावरण तथा विकासका मोडलहरु समेत समावेश गरिएको छ । प्रकाशित स्मारिकामा विद्यालयको स्थापना देखि हालसम्म भए गरेका शैक्षिक गतिविधि समावेश गरिएको थियो ।
स्व.मिनबहादुर अधिकारीको संयोजकत्वमा २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा ६३ वर्षको अवधीमा १२ जना विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र ७ जना प्रधानाध्यापकहरु फेरिएका छन् । कार्यक्रम संचालन गर्दै पूर्व प्रधानाध्यापक समेत रहेका चर्तुभुज तिमल्सिनाले विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले प्रशासनीक क्षेत्र र संघ संस्थामा नेतृत्वदायी भूमिका रहेको बताउनु भयो ।
विद्यालय शिक्षक कल्पना सापकोटाको स्वागत मन्तब्य गर्नुभएको कार्यक्रममा पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा निजका परिवारका सदस्यहरु र पुर्व प्रधानाध्यापक तथा स्वर्गिय भएका प्रधानाध्यापकका परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा स्तरीय सधार गरी सक्षम विद्यार्थी उत्पादन गर्न लागिपरेको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरु अर्जुन न्यौपाने, गणेश आचार्य, गोविन्द उपाध्याय, पूर्व प्रधानाध्यापकहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिकबहादुर राई, अधिकृत भोजकुमार ठकुरी, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने लगायतको अतिथ्यता रहेको थियो ।
