जिल्ला ट्राफिक कार्यालय काभ्रेले दुर्घटना न्युनिकरण अभियान थालेको छ । धुलिखेल नगरपालिका, पाचँखाल नगरपालिका र भुम्लु गाँउपालिका अन्तर्गत पर्ने अरनिको राजमार्ग अन्तर्गत सवारी चाप हुने स्थानहरुमा तथा सवारी दुर्घटना हुने सम्वेदनशील स्थानहरुमा महालक्ष्मि पेन्ट्स संगको समन्वय र सहकार्यमा सवारी दुर्घटना रोकथाम तथा क्षति न्युनिकरणको लागि विभिन्न ट्राफिक सडक सचेतनामुलक होडिङ बोर्डहरु थान–२० (बीस) राख्ने कार्य यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक विकाश कुमार तामाङ तथा मातहत अस्थाइ ट्राफिक प्रहरी पोष्टहरु खाँवा, पाचँखाल तथा दोलालघाटका प्रहरी कर्मचारीहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।
