सक्षम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको २९ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न भयो । उपाध्यक्ष भवानी जोशीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा सचिव सरोज काजी श्रेष्ठले प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष मनोज थापाले आ व ०८०÷०८१ को लेखापरिक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नु भयो । लेखा संयोजक राजेश मानन्धरले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ९८ लाख ६२ हजार शेयर पूँजी, १२ करोड २७ लाख ८१ हजार ३५ बचत संकलन, १९ करोड ४३ लाख ७० हजार संस्थाको ऋण लगानी बाँकी रहेको छ । ३० करोड ७१ लाख ५ हजार सञ्चालन आम्दानी, ३ करोड ६५ लाख खर्च भएको कुरा व्यवस्थापक पार्वती थापाले बताउनुभयो । संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले काभ्रे सहकारी क्षेत्रको उर्वरा भूमी भएको र वि .सं २००० सालमा बनेपामा राजदाश बादेले सहकारी स्थापना गरी सञ्चालन गरेको प्रमाण भेटिएको सोलाई सम्बन्धित निकायमा दस्तावेजीकरण गर्न अनुरोध गरेको बताउनुभयो ।
