व्यवसायिक आवजलाई बुुलन्द रूपमा उठाउदै व्यवसायिक एकतामा हातेमालो गरि साना तथा मझौंला व्यवसायिहरूको हकहितमा समर्पित रहि राष्ट्रमा नै स्वरोजगार सृजना गर्ने जुजारू यूवा व्यवसायीहरूको साथ र समस्यालाई सरोकारवाला निकायमा पु¥याउने उद्देश्यका साथ स्थापना गरीएको नेपाल राष्ट्रिय व्यवसायि महासंघको सातौं वार्षिक साधारण सभा र तेस्रो राष्ट्रिय महाधिवेशनबाट यस राष्ट्रिय व्यापार संघको प्रतिनिधित्व गर्दैं बरिष्ठ उपाध्यक्ष पदमा संघको पूर्व अध्यक्ष कमल अग्रवाल, कोषाध्यक्षमा संघका अध्यक्ष हिमलाल खराल, उपमहासचिवमा संघका कार्यसमिति सदस्य नारायण प्रसाद न्यौपाने, सचिवमा संघका महासचिव केदार प्रसाद न्यौपाने, सह–सचिवमा संघका कोषाध्यक्ष हरि प्रसाद पाण्डेय र कार्यसमिति सदस्यमा भीष्म कुमार के.सि निर्विरोध निर्वाचित हुनुभएको छ ।
