नेकपा एमाले नमोबुद्ध नगर कमिटीको शुक्रबार सम्पन्न दोस्रो अधिबेशनबाट अध्यक्ष गणेश मोक्तान, उपाध्यक्ष कृष्ण लामा, सचिब सन्जिब ढकाल, उपसचिब सम्झना लामा, उपसचिव उपेन्द्र अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट, पोलिट्युरो सदस्य एवं काभ्रे प्रतिनिधि सभा सांसद गोकुल प्रसाद बास्कोटा आतिथ्यता रहेको थियो ।
