IMG-LOGO

एसओएस स्कूलको खेलसप्ताह कार्यक्रम सम्पन्न

 मंगल, पौष २३, २०८१  ---

 

       पनौती नगर पालिका वडा नं. ५ श्रीखण्डपुर काभ्रेपलाञ्चोक स्थित एसओएस हर्मन माइनर विद्यालय काभ्रेद्वारा २०८१ पुस १४ गतेबाट वार्षिक रूपमा सञ्चालन हुने खेलकुद सप्ताह कार्यक्रमको शुभारम्भ गरेको छ । उक्त खेलकुद सप्ताह कार्यक्रमको सभापति एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजुले गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य नरेश्वर आचार्यले दिनुभयो । कार्यक्रममा एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक उपेन्द्र मल्ल ‘तारा’, युवालयका निर्देशक नरेशशङ्कर प्रधानाङ्ग, वडा सदस्य प्रेमबहादुर कुँवर, वडाकी बालमैत्री सहजकर्ता गीता तिमल्सिना, परिवार सुदृणीकरण कार्यक्रमका इन्चार्ज प्रकाश अर्याल, विजयादेवी पोखरेल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको मन्तव्य राख्दै मेयर भण्डारीले खेलले विद्यार्थीको भविष्यलाई अझ सुन्दर बनाउने बताउँदै यस विद्यालयले आज मात्र होइन पहिले  पनि राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको बताउनुभयो । खेलकुदमा कहिल्यै कसैको हार हुँदैन । कि जितिन्छ कि सिकिन्छ, यसमा हार कसैको हुँदैन भनेर नायव राष्ट्रिय निर्देशक ताराले खेलाडीलाई उत्प्रेरणा दिनुभयो ।

       विद्यार्थी, अभिभावकहरूले भरिपूर्ण भएको उक्त खेलकुद सप्ताह कार्यक्रमको समुद्घाटन पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले ब्यानर बहार (प्रदर्शनी) गरेर गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, एरोविक्स प्रस्तुति र स्वागत नृत्य प्रस्तुत गरे । खेलकुदको प्रथम उद््घाटन मेयर स्वयम्ले कोचलाई फुटबल हस्तान्तरण गरेर गर्नुभयो । २०८१ सालको खेलकुद सप्ताह समारोह एसओएस हर्मनमाइनर विद्यालय काभ्रेको आफ्नै खेलमैदानमा बुद्धिचाल, खोखो, भलिबल, फुटबल, हाइजम्प, लङजम्प, बास्केटबल, लगायतका तिनदर्जनभन्दा बढी खेलहरू सञ्चालन हुने कुरा प्राचार्य नरेश्वर आचार्यले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्