चुहाने ÷ रोटरी क्लव अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको सहयोगमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट), न्यानो कपडा (स्वेटर, टोपी), झोला, स्टेसनरी, खानेपानी बोक्ने बोत्तल, साबुन, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेका हुन् । रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिना, पूर्व अध्यक्षहरु रघुनाथ घिमिरे, रामप्यारी बज्राचार्य, सुर्यप्रभा शाक्य, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य, सहकोषाध्यक्ष महेश कायस्थ, आइसिडी नेपालका सचिव विलबहादुर श्रेष्ठ, डा. विप्लप अधिकारी, भीमप्रसाद बञ्जारासहितको टोली सहयोग सामाग्री लिएर विद्यालय पुग्नु भएको थियो ।
नमोबुद्ध नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जनुबहादुर कार्की र त्यहाँ उपस्थित रोटरीयनहरुले सहयोग हस्तान्तरण गरेका थिए । नमोबुद्ध नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जनुबहादुर कार्की, रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिना, कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामा, प्रधानाध्यापक सुर्यबहादुर कार्की, सहायक प्रधानाध्यापक नविन अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयमा पुस्तकालय, कम्प्युटर, प्रिन्टर जस्ता अत्यावश्यक सामान अभाव भएको भन्दै सहयोगको अपेक्षा विद्यालयले गरेको थियो अध्यक्ष लामाले भन्नुभयो ः रोटरी क्लव अफ काभ्रे बनेपाबाट प्राप्त सहयोगप्रति विद्यालयले आभार प्रकट गर्दछ ।
