IMG-LOGO

टपरी, प्लेट बनाउने उद्योग अब बनेपामा

 मंगल, पौष २३, २०८१  ---

 

       सृजनशिल महिला जागरण अभियानले सञ्चालन गरेको टपरी, प्लेट लगायतका सामान बनाउने उद्योगको बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालले गत मंगलबार उद्घाटन गर्नुभएको छ । प्रमुख अतिथि दाहालले उक्त उद्योगलाई साझेदारीका रुपमा सहयोग गर्ने र उद्योगबाट धेरै भन्दा धेरै महिलाहरुले रोजगारि पाउनेमा आफू  विश्वस्त  रहेको बताउनुभयो  । महिला आधारशिला बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा सञ्चालन भएको उक्त उद्योगको अध्यक्ष कमला कायस्थको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले हाल सम्म १ हजार ८ सय भन्दा बढीलाई तालिम प्रदान गरेको अध्यक्ष कायस्थले जानकारी दिनुभयो । महिलाहरुका लागी आर्थिक रुपमा शसक्त बनाउन र कानुनी सहायता, वित्तिय साक्षरता, विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आएको संस्थाले महिलाहरुको वृहत्तर हितका लागि कार्य गरिरहेको छ । संविधानसभा सभासद शिला कतिला, बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्य, नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा कोषाध्यक्ष यशोदा बोगटीले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमको सञ्चालन सचिव ज्ञानु दाहालले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्