नेपाल बचत तथा ऋण सहरकारी संघ लि. (नेफ्स्कुन) र जिल्ला बचत संघ काभ्रेको सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत शनिबार संघको सभाहल संस्थाका ऋण उपसमितिका पदाधिकारी र ऋण विभागका कर्मचारीहरुलाई लक्षीत गरी ऋण परामर्श तालिम संघका शिक्षा तथा तालिम उपसमितिका सदस्य पूर्णसागर रंजितको सभाध्यक्षतामा तालिम सम्पन्न भयो । संघमा आबद्ध १९ वटा सहकारी संस्थाहरुबाट २५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक अनिल बीर बज्राचार्यले तालिम विषयवस्तुको प्रस्तुतिकरण गर्नुभएको थियो ।
संघका सहायक कार्यकारी अधिकृत रवि कुमार के.सी.ले बचत तथा ऋण सहकारी संस्थाको मुख्य उद्देश्य सदस्यहरुबाट बचत संकलन गर्ने र संस्थाको ऋण कार्यविधि, सहकारी ऐन, नियमावालीमा रहि प्राथमिक पूँजिको १५ प्रतिशत भन्दा बढि नहुने गरि क्षमताको आधारमा सुरक्षित ऋण लगानी गर्नुपर्ने कुरा स्वागत मन्तव्यको क्रममा राख्नुभएको थियो । संघका अध्यक्ष उदयराम कायस्थले उद्घाटन गर्नुभएको कार्यक्रममा संघका ऋण उपसमितिका सदस्य जयप्रसाद मानन्धरले हालको परिपेक्षमा ऋण लगानी गर्नु निकै जोखिमपुर्ण रहेको हुँदा एक्कै शिर्षकमा र एक्कै व्यक्तिलाई ठुलो लगानी नगरि ऋणलाई विविधिकरण गरि लगानी गर्दा जोखिम कम हुने कुरा बताउनु भयो । संघका अध्यक्ष उदयराम कायष्ठले ऋण लगानी सहकारीको मेरुदण्ड भएको हुँदा नीति, विधिमा रहेर लगानी गर्नुपर्ने र संस्थाको ऋण भाखा नाघन्नु भनेको संस्थालाई क्यान्सरले ग्रसित भएको छ भन्ने बुझनुपर्ने र बैलैमा उपचारको विधि पहिल्याउनुपर्ने कुरा मन्तव्यको क्रममा राख्नुभएको थियो । तालिम उपसमितिका सभाध्यक्ष संघका शिक्षा तथा तालिम उपसमितिका सदस्य पूर्णसागर रंजितले तालिम गर्नुको उद्देश्य, औचित्य र पृष्ठभुमिको बारेमा राख्नुभएको थियो । तालिमको समापनमा संघका संचालक सदस्य बालकृष्ण दाहालले सहभागीहरुलाई प्रमाण पत्र र प्रशिक्षकलाई मायाको चिनो सहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका बरिष्ठ सहायक सुन्दिरा प्रधानले गर्नुभएको थियो ।
