यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा बुडोल सामुदायिक साकोसका नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नेतृत्व क्षमता निखार्ने अभिप्रायले संस्थाको वार्षिक कार्ययोजना बमोजिम लिडरशिप बुटक्याम्प कार्यक्रम शनिबार सम्पन्न गरेको छ । प्रख्यात नेतृत्व विशेषज्ञ तथा लेखक व्यजल ःबहधभिि को ीभबमभचकजषत पुस्तकको ११ वटा अध्यायको अवधारणामा आधारित रही नेफ्स्कुनका प्राचार्य बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाको सहजीकरणमा तालिम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी २४ जनाले सहभागिता जनाउनुभएको थियो । तालिम समापन कार्यक्रममा सहभागिता जनाउनुभएकी नेफ्स्कूनकी सञ्चालक समिति सदस्यश्री मन्दरा मिश्रले तालिम कार्यक्रमको सिकाईबाट आगामी दिनमा बुडोल सामुदायिक साकोसको नेतृत्व थप मजबुद हुने विश्वासका साथ संस्थाको सफलताको शुभकामना सन्देश दिनुभएको थियो । संस्थाका अध्यक्ष कैलाश के.सी.ले तालिम कार्यक्रम निकै उपयोगी रहेको र यस तालिम पश्चात संस्थाको नेतृत्व धारण गर्नुभएका व्यक्तिहरुको विचारलाई अझ परिष्कृत बनाउँदै नेतृत्व गर्ने उद्देश्य तय गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
