बनेपा न.पा.वडा नं. ८ को आयोजना र पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको प्राविधिक सहयोगमा “अपाङ्गता र पोर्टज छिटो प्रतिरोधात्मक कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको शुभारम्भ बनेपा न.पा. वडा नं.८ का वडा अध्यक्ष ज्युबाट गर्नुका साथै सहभागिहरूलाई स्वागत गर्नु भएको थियो । पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालका निर्देशक मणिराज श्रेष्ठले, कार्यक्रमको मुख्य उद्देश्यहरू बारे प्रकाश पार्दै बिभिन्न बिषयहरूमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा केही बिषयहरूमा सहजिकरण पोर्टेज संस्थाका प्राविधिक सहयोगि शान्तलाल श्रेष्ठ गर्नु भएको थियो ।
अपाङ्गता भएका बालबालिकाहरुको लागिपोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रम, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित अपाङ्गता सम्बन्धि केहि प्राबधानहरु, नेपाल सरकारले बर्गिकरण गरेको शारीरिक लगायत बिभिन्न १० प्रकारका अपाङ्गता र विकासमा ढिलाई, सिकाई सम्बन्धी (पढ्नमा कठिनाई,लेख्नाइमा कठिनाई, गणितमा कठिनाई, ध्यान एकिक्रित नहुनु वा चकचके) दृष्टि प्रक्रियामा विचलन, सुनाई प्रक्रियामा, विचलन, शारीरिक सन्तुलन र समायोजनमा कठिनाई,अपाङ्गताको रोकथाम तथा न्यूनिकरणका केहीउपायहरू, अपाङ्गता सम्बन्धि तथ्याङ्क (२०७८ को जनगणना अनुसार), पोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रमबाट भएका केही फाइदाहरु, अशक्तताको आधारमा अपाङ्गताको वर्गिकरण र अपाङ्गता परिचयपत्र कार्ड र यसबाट पाउने सेवा सुबिधाहरू, अपाङ्गता पहिचान फाराम लगायतको बारेमा छलफल भएको थियो ।
बनेपा न.पा. वडा नं. ८ का आमा समुहका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेवकहरू गरी २८ जना सहभागि भएको उक्त कार्यक्रममा बनेपा न.पा. वडा नं. ३,६,८ र १३ का सहजकर्ताहरू पोर्टेज बिशेष बिद्यालका सहयोगी शिक्षक लगायतले पोर्टेज कार्यक्रमबाट बालबालिकाहरूको विकास र प्रगतिका बारेमा छोटो जानकारी दिएका थिए ।
