IMG-LOGO

बेलर स्कुलमा सुविधासम्पन्न फुटसल

 मंगल, पौष २३, २०८१  ---

       बनेपामा रहेको बेलर स्कुलले निर्माण गरेको फुटसलमा पत्रकार र बेलर टिम बिचको मैत्रीपुर्ण खेल शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखा र बेलर परिवार बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारहरुको समुहलाई बेलर परिवारले ५ का विरुद्ध ६ गोलले पराजित गरेको थियो । मल्टिपरपोज हलका रुपमा प्रयोग गर्न सकिने फुटसलमा रेस्टुरेन्ट, दर्शक दिर्घा तथा महिला र पुरुषका लागि चेन्जिङ्ग रुम÷शौचालयको सुबिधा  उपलब्ध हुने र ब्याडमिन्टन कोर्ट तथा जिम सहितको पुर्वाधार बनाईने बताइएको छ । मैत्रीपुर्ण खेलमा बेलर स्कुलका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा, क्याम्पस प्रमुख भगिरथ अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्षहरु, महासंघका पदाधिकारी तथा कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्