IMG-LOGO

नेपाल अर्बुदरोग निवारण संस्थाको अध्यक्षमा महेश

 मंगल, पौष २३, २०८१  ---

 

       बनेपा ÷ नेपाल अर्बुदरोग निवारण संस्थाको ३४ औं केन्द्रीय अधिवेशनबाट महेश अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यमा कमल श्रेष्ठ, कृष्णप्यारी नकर्मी, कृष्ण बहादुर बस्नेत, चन्द्र नारायण कुसुवा, दिनेश शंकर पालिखे, दिपेन्द्र वान्तवा, नारायण कुमार कोईराला, प्रकाश खतिवडा, प्रकाश राज न्यौपाने, बिजेश अवाल, बिमल कुमार होडा, भक्त बहादुर बस्नेत र मदुसुदन गैह्रे केन्द्रीय सदस्य रहनु भएको छ ।

       उक्त समारोहको उद्घाटन स्वास्थ्य तथा जन संख्या मन्त्री प्रदिप पौडेलले गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकहरुको सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा पाउनुपर्छ, अकालमा कोही मर्नु नपरोस भनेर ५ लाख सम्मको स्वास्थ्य विमा कार्यान्वयन गर्ने १४ वर्ष मुनीका बालबालिका क्यान्सर पिडीत  भए राज्यले निःशुल्क उपचार गर्ने कार्य प्रारम्भ गरेको बताउनु भयो । उक्त कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेको समन्नयमा बनेपाको स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको कुरा संख्याका अध्यक्ष नेपाल सुधार भैलले बताउनु भयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्