नेपाली कांग्रेका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई मातृशोक परेको छ । उहाँको आमा देवमाई हुमागाईको पौष १६ गते ९१ वर्षको उमेरमा निधन भएको हो । देवमाइको ४ भाइ छोराहरु श्रीकृष्ण हुमागाई, शिबप्रसाद हुमागाई, सहकुल हुमागाई र रघुनाथ हुमागाई हुनुहुन्छ । स्वर्गीय देवमाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति काभ्रे टाइम्स र रेडियो एविसी परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
