IMG-LOGO

बिन्धवासिनी साकोसका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक

 मंगल, पौष २३, २०८१  ---

       बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित हुनुभएको छ । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा  मनोनित गरेको हो । सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ नियम ७४ उपनियम २ को (झ) मा स्थिरीकरण कोषको सञ्चालन समितिमा सहभागी सहकारी संस्थाका अध्यक्षहरुमध्येबाट श्रेष्ठलाई कोष सञ्चालन समितिमा मनोनयन गरेको हो । स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ दफा ८ अनुसार योग्यता पुगेका सहकारीहरुमध्ये बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था काभ्रेका अध्यक्षलाई मनोनित गरेको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्