पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताएका हुन् । खनाल केही समयदेखि भने पार्टीका औपचारिक कार्यक्रममा भने देखिएका थिएनन् । उनले गएको चुनाव र उप–चुनावमा एक वर्षको अवधिमा दुई दुई ठाउँमा चुनाव लड्ने अवसर पाएका थिए ।
