IMG-LOGO

कोरोना जस्तै एचएमपिभी भाइरसको सन्त्रास

 मंगल, पौष २३, २०८१  ---

 

       काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलोरमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ । केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ भने सरसफाइको नियम पालना गर्न पनि निर्देशन दिइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्