IMG-LOGO

एमाले धुलिखेल नगर कमीटी अब विष्णुले हाँक्ने

 मंगल, पौष १६, २०८१  ---

     नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित हुनुभयो । धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनबाट धिताल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उहाँ नगर कमिटी सचिव हुनुहुन्थ्यो । धिताल धुलिखेल नगरपालिका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष समेत हुन् । अधिवेशनबाट उपाध्यक्षमा पुष्पराज राउत, सचिवमा कृष्णहरी कोइराला, उप सचिवमा गणेश आचार्य र सरस्वती श्रेष्ठलाई निर्वानिच गरेको छ । अधिबेशनको उद्घाटन पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए । नयाँ नेतृत्वका कार्यभार, नेतृत्वले खेल्नु पर्ने भूमिका तथा संगठनहरुको संचालन सक्रिय बनाउन निर्देशन दिदै बास्कोटाले जनताका समस्याको समाधानका कार्यहरु प्राथमिकतामा राखेर कार्य गर्ने सुझाउनु भयो ।

     कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य एवं एमाले काभ्रे जिल्ला कमिटीका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य तथा क्षेत्र इन्चार्ज रिता ढकाल, प्रदेश कमिटी सदस्य विमला शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, जनसंगठनका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरु सहभागि थिए । धुलिखेलमा एमालेका १ हजार ६ सय ५८ जना सदस्यले संगठित सदस्य नविकरण गरेका छन् । जसबाट १ सय ९३ जना प्रतिनिधिले अधिबेशनको बन्द सत्रमा भाग लिएका थिए । कार्यक्रमको सभापतित्व नगर अध्यक्ष दयाराय महतले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्