IMG-LOGO

एमाले मण्डनदेउपुर नगरकमिटिमा शेरवहादुरको नेतृत्व

 मंगल, पौष १६, २०८१  ---

     नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित हुनु भएको छ । प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतकोे अन्तरले पराजित गर्दै डोटेल अध्यक्ष निर्वाचित हुनु भएको हो । डोटेलले १४७ मत ल्याउँदा तामाङले ५६ मत प्राप्त गुर्नभयो । नगर कमिटीका पदाधिकारीहरूमा पनि डोटेल प्यानलकै उम्मेदवार भारी मतान्तरसहित विजयी भएका छन् । उपाध्यक्षमा झलक प्रसाद पौडेल १४७ मत सहित विजयी हुँदा राममणि सापकोटाले ४५ मतमात्र ल्याउनुभयो भने सचिवमा तुलसी प्रसाद नेपाल ११३ मतसहित विजयी हुँदा सुमन नेपालले ८८ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा शिवराम तिमल्सिना १४४ मतसहित विजयी हुँदा पाभेल शाहले ५० मत प्राप्त गरे । अर्को एक उपसचिवमा नानु नेपाल निर्विरोध निर्वाचित हुनुभयो ।

     अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले काभ्रेको अध्यक्ष राजन भुर्तेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्