IMG-LOGO

आधारभूत स्काउट मास्टर तालिम सम्पन्न

 मंगल, पौष १६, २०८१  ---

     ५८२ औँ विटिसी तथा ४३२ औँ पिटिसी आधारभूत स्काउट मास्टर तालिम सोमबार आजाद मा.वि बनेपा–५ मा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कञ्चनचन्द्र बादेले अनुशासित जीवन सिकाउने माध्यम  नेपाल स्काउट भएकोले तालिम प्राप्त हुनु भएका शिक्षकहरुले आ–आफ्नो विद्यालयमा स्काउटीङलाई विस्तार गर्नेमा आशावादि रहेको बताउनुभयो । बनेपा नगरपालिकाको आयोजनामा तथा स्थानीय स्काउट तदर्थ समितिको संयोजनमा सम्पन्न भएको तालिममा २४ वटा विद्यालयका ४५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । बनेपा नगर उप–प्रमुख विमला सापकोटा दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमति प्रदेश प्रमुख आयुक्त शिव त्वयना, राष्ट्रिय प्रशिक्षक राम गोपाल कर्मचार्य, शिवराम अर्याल, प्रशिक्षकहरु कृष्ण चालिसे, सबुता महर्जन, बनेपा नगर स्थानीय स्काउट संयोजक पुकार कारञ्जित, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद कुमार न्यौपाने लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्