काभ्रेमा सोमबार थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार २ सय ३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ८८ जना र एन्टिजेन परिक्षणबाट १२ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै मण्डनदेउपुर निवासी ५५ बर्षीय पुरुष, पाँचखालका ५३ वर्षका पुरुषको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
