IMG-LOGO

धुलिखेल खानेपानी उपभोक्ता समितिको विषेश साधारण सभा

 मंगल, पौष १६, २०८१  ---

     धुलिखेल खानेपानी उपभोक्ता समितिले विशेष साधारण सभा कृष्णभूषण खोजुको सभा अध्यक्षता तथा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न गरेको छ । उपभोक्ता समितिले उपभोक्ताबाट ५ हजार अग्रीम महशुल उठाउने प्रस्तावलाई असहमती जनाएपछि त्यसलाई स्वइच्छाले तिर्ने बनाएको कुरा सचिव श्यामदर्शन गणेजुले जनकारी दिनु भयो । गत असोज १० देखि १२ गते सम्मको वर्षातका कारण बाढी पहिरोले खानेपानी संरचना क्षति पु¥याएको कारण विशेष प्रस्ताव गरेको ५ हजार अग्रीम महसुल तिर्न उपभोक्ताले इन्कार गरेको हुन् ।

     बाढी पहिरोले खानेपानीको मुहान लगायत मुख्यपाइप लाइन मर्मतको लागि तत्काल १९ लाख ७९ हजार ३ सय ७५ खर्च भएको र पक्की भौतिक संरचना निर्माण तथा संरक्षणको लागि प्रारम्भिक लागत अनुमान ३ करोड ५१ लाख रुपैयाँ मध्ये खानेपानी र धुलिखेल नगरपालिकाले बेहोर्ने भनिएको ६० प्रतिशत रकमको जोहो गर्न अग्रिम भुक्तानी प्रस्ताव गरिएको थियो । तर उपभोक्ताबाटै यसको विरोध भएपछि सभाले यसलाई स्वेच्छिक बनाउने निर्णय गरेको हो ।

     सभाले खानेपानी महशुलमा २५ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । प्राकृतिक प्रकोप कोष खडा गर्ने, पनौती नगरपालिका १२ नं. वडा कार्यालयलाई दिएको अनुदान रकम अनुमोदन गर्ने, आ.व २०८१÷०८२ को लागि थप बजेट स्विकृती, कलाती भूमिडाँडालाई दिईदै आएको वार्षिक अनुदान वृद्धि गर्ने लगायतका निर्णय साधारणसभाले गरेको छ । विशेष साधारणसभामा पनौती नगरपालिका र पनौती नगरपालिका वडा नं. १२ संग भएको सम्झौताबारे जानकारी गराइएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्