लायन्स क्लव अफ काठमाण्डौ गोल्डेन ह्रटले सरस्वती माध्यमिक विद्यालय धुलिखेल वडा न. ८ वडाल गाउँका १३० जना विद्यार्थीहरुको लागि व्याग तथा स्टेसनरी सामाग्री बितरण गरिएको छ । कार्यक्रमको सभापती लायन शुभाष खत्रीले गर्नु भएको थियो भने प्रमुख अतिथी फस्ट भिडीजी लायन पार्बती खरेल पाण्डेले गर्नु भएको थियो । अतिथीहरु डिस्ट्रीक एक्जुकेटीभ लायन बिनय अग्रवाल, डिस्ट्रीक एम्बेस्टर लायन चोला प्रसाद पाण्डे, लायन्स क्लव अफ काठमाण्डौ परोपकार क्लव अध्यक्ष लायन नवराज पाण्डे लायन अशोक तामाङ्ग सदस्य, समाज सेवी माधव लामा, प्रधानाध्यापक रमेश प्रसाद वडाल, पूर्व प्रधानाध्यापक रमेश काजी कोजु, साहायक प्रधानाध्यापक रुपेश नेपाल, विद्यार्थीहरु, विद्यालय व्यस्थापन समितिका पधादीकारी र रक्तदाता अभियान कर्मी केदार प्रसाद न्यौपाने रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक नवराज वडालले गर्नु भएको थियो ।
