IMG-LOGO

लाकोजूलाई अभिनन्दन

 मंगल, पौष १६, २०८१  ---

     साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली वाङमयको क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत काठमाडौमा एक कार्यक्रमबीच शैली साहित्य समाज नेपालले अभिनन्दन गरेको छ । लाकोजूलाई साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, शैली साहित्य समाजका अध्यक्ष मन्जु केसी प्रधान रानु, डा ज्ञान निष्ठ ज्ञवालीले अभिनन्दन पत्र, दोसल्ला, फूलमाला, रुद्राक्ष मालाले अभिनन्दन गरिएको थियो । सो अवसरमा अध्यक्ष प्रधानले पनौतीमा बसेर देशभित्रमात्र नभै बाहिर समेत आफ्नो सिर्जनाको आलोक छर्न सफल स्रष्टा भएको कारणले अभिनन्दन गर्ने अवसर जुरेको बताइन । सोही कार्यक्रममा समालोचक तथा साहित्यकार डा शैलेन्दुप्रकाश नेपालले उमेरमा आफ्नो भाइ भए पनि अक्षर कर्ममा सूर्य लाकोजू आफूभन्दा ठूलो रहेको बिचार राखे । सूर्य लाकोजूको नवीनतम कृति घामको पर्खाल माथि परिचर्चा समेत भएको सो कार्यक्रममा उनले लाकोजूका कविता सरल तर सरस रहेको बताए । लाकोजूका हरेक कविता पठनीय रहेको बिचार उनले पोखे । अर्का समालोचक डा ज्ञान निष्ठ ज्ञवाली ले घामको पर्खाल सबैलाई न्यानो प्रदान गर्ने कृति भएको भाव पोख्नुभयो । नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाइसकेका सूर्य लाकजूको प्रस्तुत कविता कृति वर्तमान नेपाली समाजको एउटा बिम्ब भएको उनले बताए । कृतिकार सूर्यप्रसाद लाकोजुज्यूले घामको पर्खाल कृतिमा  विविध भाव झल्कने कविताहरू सहित छन् । कवितामा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष, प्रेमप्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता बिषय उठाउने प्रयास गरेको बताए ।

     उक्त कार्यक्रममा कवि ध्रुबराज थापा, राजुबाबु श्रेष्ठ सागर,  शैलेन्द्र श्रेष्ठले घामको पर्खालबाट कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार गोपाल पौडेल मण्डने, भीमप्रसाद काफ्ले, डा छायादत्त न्यौपाने, मोतिराज बम, संगिता ठाकुर, विजयराम कर्माचार्य, रामशरण न्यौपाने, रश्मी रिमाल, रुद्र अधिकारी, दिल्लीप्रसाद मुलटिउन, मानन्धर अभागी, लगायत दुई दर्जन भन्दा बढि स्रष्टा तथा सर्जकहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्