बनेपा विकास बहुउद्देश्यी सहकारी संस्था ली. बनेपाको १८ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिलिप कुमार श्रेष्ठको सभापतित्व तथा संस्थाको जेष्ठ सदस्य लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा शनिबार कायष्ठ बैन्क्वैटमा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष नेपाल सुधार भैलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सचिव सुदेन श्रेष्ठले प्रगति तथा भावि कार्य योजना, कोषाध्यक्ष दीर्घराज श्रेष्ठले आ.व. ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखा संयोजक निरन्जन जस्पाउने लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । २ करोड ४५ लाख ७ हजार ३ सय शेयर पूँजी, ६ करोड २६ लाख ५६ हजार ५ सय ८५ बचत निक्षेप संकलन, ६० लाख ५७ हजार ५ सय २१ जगेडा तथा अन्य कोष रहेको छ । २७ लाख ९० हजार ५ सय ३१ व्याज आम्दानी गरेको कुरा संस्थाका प्रबन्धक रामप्रसाद पन्तले बताउनु भयो ।
अध्यक्षमा पुनः दिलिप
बनेपा विकास बहुउद्देश्य सहकारी संस्था लिको १८ औँ साधारण सभाले दिलिप कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्वन चयन गरेको छ । उपाध्यक्ष नेपाल सुधार भैल, सचिव सुरेन श्रेष्ठ, कोषाध्यक्ष शोभाकुमारी गौतम सापकोटा, सदस्यहरु शंकर कारञ्जीत, सुलोचना पलाञ्चोके भुजु र चन्द्र प्रभा शाक्य रहनु भएको छ । लेखासुपरिवेक्षण समितिको संयोजकमा काजी बहादुर खत्री, सदस्यहरु रामप्यारी बज्राचार्य र श्रीमदकुमार श्रेष्ठ रहेको समिति निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक ओमकाजी प्रजापतीले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्नु भएको थियो ।
