IMG-LOGO

सिपा बसन्तपुरमा श्रीमद्भागवत् प्रारम्भ

 मंगल, पौष १६, २०८१  – हरिनाथ न्यौपाने

     ईन्द्रावती गाउँपालिका वडा नं ६ सिपा बसन्तपुर, सिन्धुपाल्चोकमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु हुने भएको छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा १६ देखि २२ गते सम्म हुने सप्ताह ज्ञानमहायज्ञको उद्घाटन संघिय सांसद एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गर्नुहुने कार्यक्रम रहेको  समितिका बरिष्ठ उपाध्यक्ष देव कुमार कोईरालाले जानकारी दिनुभयो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा १०८ गोमुखे ढुङ्गेधारा ६४ शिवलिङ्ग, मुक्तिनाथ मन्दिर, पितृ तिर्थ निर्माण गर्ने डी. पी. आर. तयार भईसकेको र त्यस कार्यलाई पुर्णता दिन श्रीमद्भागवत महायज्ञको आयोजना गरिएको बताइएको छ । श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिको उदेश्य रहेको समितिका अध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो । गाईको खुट्टाको डाम ढुङ्गोमा प्राकृतिक रूपमा स्पष्ट देखिएकोले त्यस ठाउँमा भगवान श्री महादेवको बास भएको जनविश्वास रहिआएको छ । गाईको खुर रहेकाले गैखुरेश्वर नामाकरण गरिएको भन्दै आयोजक समितिका उपाध्यक्ष डा. उत्तम उपाध्याय न्यौपानेले स्थानको परिचय दिने, धर्म संस्कृतिको जगेर्ना गर्ने र अक्षयकोषको स्थापना गर्न सप्ताह आयोजना गर्नुको मुल उदेश्य रहेको बताउनुभयो । श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञमा प्रत्येक दिन बिहान ६ः३० देखि १०ः३० सम्म पाठ पारायण, बिहान ७ः३० बजेदेखि हवन, १०ः३० देखि ४ः३० सम्म कथावाचन र प्रत्येक दिन बेलुका भजन कीर्तन हुने समितिले जनाएको छ । यसैबिच भक्तजनको सुबिधालाई मध्यनजर गर्दै चुच्चेपाटीबाट बिहान ६ः५० बजे सप्ताह अवधिभर हेलम्बू यातायातको बस अरनिको राजमार्ग हँुदै संचालन गरिने आयोजक समितिले जानकारी दिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्