नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ काभ्रे जिल्ला अधिवेशनको प्रथम जिल्ला अधिवेशनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सार्वजनिक यातायात र यातायात व्यवसाय समन्वय विभाग प्रमुख शिवप्रसाद हुमागाईले द्धिप प्रज्वलित गरी उद्घाटन गर्नूभयो । उक्त कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, उपाध्यक्ष विजय बहादुर स्वार, महासचिव केदार पौडेल, कोषाध्यक्ष राजेन्द्र विक्रम बानियाँ र नेपाली कांग्रेस जिल्ला समिति सदस्य राम जोशी लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको सभापतित्व नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ बाग्मती प्रदेश सचिव नारायण श्रेष्ठले गर्नूृभएको थियो भने स्वागत मन्तव्य बाग्मती प्रदेश सदस्य कविर रंञ्जितले गर्नुभएको थियो ।
रमेश बैद्य अध्यक्ष, शुभराज जोशी र प्रकाश कायष्ठ सदस्य रहनुभएको निर्वाचन कमिटिबाट सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट रामसुन्दर श्रेष्ठ अध्यक्ष, यादव कर्माचार्य सचिव, श्याम कुमार श्रेष्ठ(मण्डन) कोषाध्यक्ष र सदस्यहरुमा राम बैद्य, सहदेव कर्माचार्य, नारायण श्रेष्ठ र विच बहादुर पाख्रिन रहनुभएको जिल्ला समितिको निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटिका अध्यक्ष रमेश बैद्यले घोषणा गर्नूभएको थियो । निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
