IMG-LOGO

भुम्लुको किसानको छोरी चेतना भइन सर्वोत्कृष्ट

 मंगल, पौष १६, २०८१  ---

     भुम्लु गाउँपालिका–४, चौवास गुणधरा स्थित पिता तोरण बहादुर कुँवर÷माता गुँण केशरी कुँवरको छोरी चेतना कुँवर त्रिभुवन विश्व विद्यालयको ५० औँ दीक्षान्त समारोहमा मास्टर इन जर्नालिजम एण्ड मास कम्युनिकेशन विषयमा सर्वोत्कृष्ट भएकी छिन् । सो विषयमा उत्कृष्टता हाँसिल गरी नारायण शान्ति मिश्रपदक ९न्यमि ःभमब०ि प्राप्त गर्न सफल भइन् । भुम्लुको एक सामान्य किसान परिवारकी छोरी चेतना कुँवरले माध्यमिक तहको शिक्षा सेताीदेवी मावि चौवासमा २०७० सालमा क्।ी।ऋ गरेकी थिइन् । विश्व निकेतन काठमाण्डौमा ं२, दिव्य भूमि मल्टीपल कलेजमा पत्रकारिता मै व्याचलर लेबलमा टपर भएकी थिइन् । त्रिभुवन विश्व विद्यालयमा पत्रकारितामा २०२२ मा मास्टर डिग्रीका लागि ज्वाइन गरेकी चेतनाले सर्वोत्कृष्टता हाँसिल गरेकोले त्रिविविको ५० औँ दीक्षान्त समारोहमा विश्व विद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नारायण शान्ति मिश्र पदकबाट पुरस्कृत गर्नुभएको हो । उनले काठमाण्डौ विश्व विद्यालयमा छात्रवृत्तिमा समेत नाम निकाल्न सफल भएकाले पत्रकारहरुको सुरक्षा भन्ने विषयमा एज्म् अध्ययन समेत गर्ने भएको कुरा परिवार स्रोतले बताएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्