IMG-LOGO

सासुको हत्या आरोपमा ज्वाँइ शुकबहादुर पक्राउ

 मंगल, पौष ९, २०८१  ---

 

               काभ्रे । काभ्रेको मण्डनदेउपुरमा आफ्नै ज्वाइँद्वारा सासुको हत्या भएको खुलेको छ । मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या आरोपमा प्रहरीले ज्वाइँ २८ वर्षीय शुकवहादुर तामाङलाई पक्राउ गरेको हो । गत मंसिर ३० गरे तिनमाया आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सासुआमा तिनमाया तामाङले आफूलाई गाली गर्ने गरेकोले हत्या गरेको शुकवहादुरले स्वीकार गरेका प्रहरीको भनाइ छ । शुकबहादुरले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । पुस ५ मा पक्राउ परेका शुकवहादुरलाई जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्