IMG-LOGO

प्रतिक्रियावादीहरू आपूmलाई समाजवादी भन्छन्ः– सांसद प्रेम सुवाल

 मंगल, पौष ९, २०८१  ---

               नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम बनेपामा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले ‘प्रजातन्त्र र समाजवादप्रति जनताको आकर्षण भएकोले प्रतिक्रियावादीहरू पनि आपूmलाई समाजवादी भनेर भन्न थालेको भन्दै वास्तवमा तिनीहरू फासिवादी हुन् भन्ने विचार व्यक्त गर्नुभयो । जर्मन र मुसोलिनीको कारण धेरै मानिसहरूको हत्या भयो । त्यस्ता फासिवादीहरूलाई समाजवादी भन्न सकिन्न । रुसले क्रान्तिपश्चात १५–१६ वर्षमै दोस्रो अभुतपूर्व विकास गरेर दोस्रो शक्तिशाली देश बन्यो । एउटा गरिब देश रुसले आफ्ना जनतालाई सम्पन्न बनायो । वास्तविक क्रान्ति भनेको त्यहि भएको उहाँले बताउनुभयो ।

               प्रजग कोरियाले आफ्ना जनताका छोराछोरीलाई खोजी खोजी विद्यालयमा पठाएको दृष्टान्त बताउँदै हाम्रा शासकहरू ५–६ लाख विद्यार्थीहरूले पढ्न नपाउँदा पनि वास्ता गर्दैनन् । सिंहदरवार बाँदरको अखडा भएको छ । सिंहदरवारलाई गाडिको डंपिङसाइड बनाएर राखे । हामीले विरोध जनाएपछि रातारात दोजर लगाएर पुराना गाडिहरू फाले । राम्रो काम माथिबाटै हुनुपर्छ तलकाले मात्र राम्रो गर्छु भनेर नसकिनेमा उहाँले प्रष्ट पार्नुभयो । कालापानीमा भारतीय सेना बसिरहेको ६० वर्षभयो । त्यहाँ नेपालीहरू जान पाउँदैनन् । आफ्नो भूमिमा जान पनि नपाएको अवस्थामा हाम्रा शासकहरू मूकदर्शक भएर बस्छन् । सुस्तामा भारतले नेपाली मूमि मिच्दा सबभन्दा पहिला भक्तपुरमा विरोध प्रदर्शन भयो । प्रहरीले विरोध प्रदर्शनमा हस्तक्षेप गरे । हाम्रा शासकहरू नेपाल र नेपालीको हितमा भन्दा भारतको दास भएर बस्छन् । भारतका कामदार जनता हामी नेपाली कामदार जनताको साथी भएपनि भारत सरकार नेपाली जनताको शत्रु हुन् । महाकाली नदी नेपालको हो, तर नेपालका शासकहरूले भारतसँग असमान सन्धि सम्झौता गरेर महाकाली आधा आधा भनेर हस्ताक्षर गरे । तत्कालीन नेपाल सरकारमा बसेको सहाना प्रधानले उक्त महाकाली सम्झौता गरेर आफ्नो जीवनमा कहिल्यै नमेटिने दाग भएको बताएको सुवालले चर्चा गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले नेपालभाषाको सम्बर्धन र मान्यताका लागि लामो समय संघर्ष भएको र हाल बागमती प्रदेशमा स्थानीय कामकाजमा नेपालभाषाले मान्यता पाएकोले. नेपालभाषा साहित्य तःमुंज्याले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा अनुकरणीय कार्य गरेको बताउनुभयो । वरिष्ठ साहित्यकार मोहन दुवालले आपूmपनि साहित्यकार भएकोले जनताको पक्षमा साहित्य सिर्जना गर्न जोड दिँदै आएको र नेपालभाषा साहित्य तःमुंज्याको निरन्तरको प्रयास स्वागत योग्य भएको उल्लेख गर्नुभयो । कार्यक्रममा ग्वसाखलका अध्यक्ष सत्यनारायण श्रेष्ठले जनताको साहित्यलाई दबलीमा स्थान दिएर प्रगतिशील साहित्यको विस्तार गरिरहेका छ भन्नुभयो । उपाध्यक्ष कृष्णकुमार वैद्यले भाषा, कला, संस्कृतिलाई नयाँ पुस्ताले जगेर्ना गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति डा. हरिप्रसाद मानन्धरले साहित्यमा पनि वर्गीय स्वरुप हुने भएकोले कामदार वर्गको हितमा साहित्य लेख्नुपर्ने उल्लेख गर्नुभयो । साहित्यतर्फ कथामा टीकाभक्त भोछिभोया प्रथम, एल.के. सुन्दर दोस्रो र जयदेश श्रेष्ठ तेस्रो भएका थिए । कवितामा युसुप दुवाल प्रथम, प्रकाश ‘उज्ज्वल’ दोस्रो र राजेन्द्रकुमार बज्राचार्य तेस्रो भए । कार्यक्रममा विभिन्न भाषाका साहित्य, गीत र सांस्कृतिक प्रस्तुती गरिएको थियो । कार्यक्रमको अघिल्लो दिन शुक्रबार बनेपा कोबहाल गणेश स्थानबाट सुकुन्दा ¥याली समेत सम्पन्न गरिएको नेपालभाषा साहित्य तःमुंज्याका सचिव ओमप्रसाद मानन्धरले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्