IMG-LOGO

उग्रचण्डी कप बुद्धिचाल श्रीकृष्ण मानन्धरले हात पारे

 मंगल, पौष ९, २०८१  ---

               काभ्रे । उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । काभ्रे जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण मानन्धर विजेता बनेका छन् । श्रीकृष्णले विजेता बने सँगै ट्रफि, नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतिस्पर्धामा छ जना खेलाडीले समान ५ अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय , प्रेम खड्का तृतीय, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिं तामाङ सातौं स्थानमा रहदै पुरस्कार हात पार्न सफल बनेका छन् ।

               काभ्रे जिल्लाका ७८ जना खेलाडीको सहभागीता रहेको उक्त प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट युवा १२ आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, उत्कृष्ट युवा १४ वर्षमा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापति द्वितीय र उत्कृष्ट युवा १६ वर्षमा आर्यन वादे प्रथम, प्रजिल मानन्धर द्वितीय बन्दै पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट छात्रा तर्फ कृपा पौडेलले प्रथम स्थान हात पारे भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेकी छिन्। राइजिङ्ग स्टारका रुपमा आर्यस गिरिले सान्त्वना पुरस्कार जितेका छन् । काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं महासंघका पूर्व महासचिव रघुवर चौ प्रधानको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि चेस महासंघका महासचिव धरम बहादुर लामाले विजेतालाई नगद २० हजार पुरस्कृत गरेका थिए ।

               उक्त पुरस्कार वितरण समारोहमा बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्याम शुन्दर श्रेष्ठ, प्रधानअध्यापक सानु रोक्का क्षेत्री (बोधिकेश), महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, सचिवालय सदस्य निरञ्जन प्रजापति, प्रमुख निर्णायक एनए प्रकाश मानन्धर र नेपाल परेवा उडान खेल संघका केन्द्रिय सदस्य राजकुमार मानन्धर लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता अर्को वर्ष पनि निरन्तर हुने भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्