IMG-LOGO

युवा संघ र प्रेस चौतारी काभ्रेबीच मैत्रीपूर्ण फुटसल

 मंगल, पौष ९, २०८१  ---

               प्रेस चौतारी नेपाल र युवा संघ नेपाल काभ्रे बीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना भएको छ। प्रतियोगितामा प्रेस चौतारी नेपाल सम्बद्ध पत्रकार र युवा संघका नेताहरू सहभागी हुनुहुन्थ्यो। युवा संघ नेपालले १२ गतेदेखि आयोजना गर्न लागेको खुल्ला फुट्सल प्रतियोगिताको प्रचार गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो । प्रेस चौतारी नेपाल काभ्रेको तर्फबाट जिल्ला अध्यक्ष भुवन रायमाझी, केन्द्रीय सदस्य केशवराज पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतका सहभागी रहेको थियो त्यस्तै युवा संघको तर्फबाट जिल्ला अध्यक्ष ईश्वर बल्लभ सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । युवा संघ नेपालले आगामी पौष १२ गतेदेखि दोस्रो संस्करणको खुल्ला फुट्सल प्रतियोगिता आयोजना गर्न लागेको हो । अघिल्लो वर्ष ४७ टिमको सहभागिता रहेको सो प्रतियोगितामा यो वर्ष पनि सोही संख्या पुग्न सक्ने अनुमान गरिएको छ । यस अघि युवा संघ नेपाल र नेकपा एमाले बीच फुड्सल प्रतियोगिता भएको थियो । जसमा नेकपा एमालेका नेता गोकुल बास्कोटाले पहिलो गोल गर्नुभएको थियो । हिजो भएको खेलमा ८– ६ गोल अन्तरले युवा संघ नेपाल विजयी भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्