IMG-LOGO

काभ्रे बहिरा विद्यालयमा लभ एण्ड शेयरिङ कार्यक्रम

 मंगल, पौष ९, २०८१  – हरिनाथ न्यौपाने

               शिर मेमोरियल एडभेन्टिष्ट हस्पिटल मेडिकल इन्ष्टिच्युट कलेज अफ नर्सिङ बनेपाको आयोजनामा लभ एण्ड शेयरिङ कार्यक्रम काभ्रे बहिरा माध्यमिक विद्यालय बनेपामा आइतबार सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. ९ का वडा सदस्य गणेश सापकोटाकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिर मेमोरियल एडभेन्टिष्ट हस्पिटल मेडिकल इन्ष्टिच्युट कलेज अफ नर्सिङकी प्रिन्सिपल निर्मला मानन्धरले स्वागत मन्तव्य राख्नुभएको थियो । काभ्रे जिल्लाको शैक्षिक संस्थामा हरेक वर्षको २ पटक लभ एण्ड शेयरिङ कार्यक्रम गर्दै आएको कलेजले विद्यालयका छात्र छात्राहरुको लागि पौष्टिक आहारको प्रदर्शन, स्वास्थ्य परिक्षण, स्वास्थ्य शिक्षाका क्रियाकलापहरु गर्ने गरेको अस्पतालका प्रमुख कार्यक्रम अधिकृत सुन्दर थापाले जानकारी दिनुभयो । कलेज अफ नर्सिङका नर्सहरुले काभ्रे बहिरा स्कूलका ८७ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण सँगै परामर्श÷ उपचार, स्टेशनरी वितरण गरेका थिए । मानव जातीमा माया प्रेमको जागरण र महत्व दर्शाउने उद्देश्यले आयोजना गरिएको लभ एण्ड शेयरिङ कार्यक्रममा मेडिकल अफिसर डा. रविविक्रम शाह, डा. आषिश केसी, प्रिन्सिपल निर्मला मानन्धर, भाइस प्रिन्सिपल प्रतिमा मानन्धर, रुवि प्रधान, दिब्बेश्वरी लाखे, लक्ष्मी श्रेष्ठ, काभ्रे बहिरा स्कूलका प्रिन्सिपल कृष्णप्यारी नकर्मी, लगायत डाक्टर, नर्स, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कृष्णा मानन्धरले सञ्चालन गर्नु भएको कार्यक्रम शिर मेमोरियल एडभेन्टिष्ट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जि गाइरेसको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्