IMG-LOGO

नेपाल पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्य समितिको पदस्थापन

 मंगल, पौष ९, २०८१  ---

 

               नेपाल पत्रकार महासंघ काभ्रे शाखामा नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १२ औं जिल्ला अधिवशेनबाट विनोदकुमार न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्यसमिति, संघ र प्रदेश परिषद् सदस्यलाई प्रमाण–पत्र वितरण गर्नुका साथै पदस्थापन गरिएको हो । उपाध्यक्ष (महिला) मा सम्झना गौतम, सचिवमा नगेन्द्र अधिकारी, कार्यसमिति सदस्य (महिला) मा सविता न्यौपाने, सदस्य (आदिवासी जनजाती)मा चमारसिं लामा निर्विरोध निर्वाचित भएका थिए ।

               उपाध्यक्षमा कपिल कोइराला, सहसचिवमा देवराज केसी, सहसचिव (समावेशी) मा निरन्जुल कायस्थ, कोषाध्यक्षमा केशवराज पौडेल र सदस्यहरुमा ज्ञानमणी नेपाल, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, पुरुषोत्तम ढकाल, विकास तिमल्सिना, रन्जित बोहरा, शरणप्रसाद हुमागाईं र केन्द्रीय परिषद् सदस्यमा प्रदिप केसी निर्वाचित भएका थिए ।संघीय परिषद् सदस्यमा सम्झना हुमागाई र रामचन्द्र दनुवारका साथै बागमती प्रदेश परिषद सदस्यमा प्रशान्त श्रेष्ठ, जानुका खदाल, सुकदेव थपलिया, भरत अधिकारी, रामहरि श्रेष्ठ र राज्यलक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

               निर्वाचन समितिका संयोजक भोजराज तिमल्सिना, सदस्य महेशराज पौडेल र अधिवक्ता महेश कुँवरले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गोकूलप्रसाद बास्कोटाले नेपाली प्रेस अझै जिम्मेवार हुन नसकेको, सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोदा सञ्चारमाध्यमहरुले आफूलाई खेदेको बताउनुभयो । सामाजिक सञ्जालहरु करको दायरामा आएको बताउनुभयो । बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामा, बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य रत्न ढकालले मन्तव्य राख्नुभयो । 

               नेपाल पत्रकार महासंघका कार्यावहाक अध्यक्ष बाला अधिकारीले निर्वाचन नै नहुने परिस्थितिमा पुगेको महासंघलाई यो अवस्थासम्म ल्याएको बताउँदै सबैको सहयोगले सम्भव भएको बताउनुभयो । सदस्यताको विवादको कारण जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्तव्य राख्नु भएको थियो ।

               नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले आफ्नो कार्यकालमा भएको कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन समिति लगायतलाई प्रमाणपत्र र कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्