IMG-LOGO

अनेरास्ववियु काभ्रेमा दिपेशको नेतृत्व

 मंगल, पौष ९, २०८१  ---

               काभ्रे–नेकपा एमाले समर्थीत विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु काभ्रे जिल्ला कमिटीको ३१ औं जिल्ला अधिवेशनले दिपेश तिमल्सिनाको नेतृत्वमा नयाँ जिल्ला कमिटि निर्वाचित गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटालाई निर्वाचित गरेको छ भने सचिवमा प्रविण पौडेललाई निर्वाचित गरेको छ । यस्तै सह सचिवमा तिर्सना तामाङ, आभास चौलागाईं र उत्कर्ष दाहाल तथा कोषाध्यक्षमा प्रजिता ढुंगाना निर्वाचित भइन् ।

               अधिवेशनको उद्घाटन नेकपा एमालेको पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री बाँस्कोटाले अनेरास्ववियु संगठनको जुझारुको खम्बा भएको बताउनुभयो । विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राखेर कार्य गर्नुपर्ने बताउनुभयो ।

               नेपालमै पहिलोपटक आइडिया बैंक सञ्चालन, हरेक अधिवेशनमा रचनात्मक कार्य अनिवार्य, एसईई सम्मान, लगायतका नविनतम कार्यको प्ररम्भ अनेरास्ववियुले गर्दै आएको छ । कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो । अधिवेशनको अवसरमा अनेरास्ववियु काभ्रेले जिल्लास्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । नृत्य प्रतियोगितामा बेलर इन्टरनेश्नल एकेडेमी बनेपा प्रथम, क्षितिज अंग्रेजी स्कुल दोस्रो र एबिएम स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्