विश्व हिन्दु महासंघ धुलिखेलले शनिबार धार्मिक अन्तरक्रिया, सत्संग सहित शंखनाद प्रतियोगिता गरेको छ । शंखनाद प्रतियोगितामा सहभागी १५ जना मध्येबाट नैमिसारण्य गुरुकुलका नवीन घिमिरे प्रथम, काभ्रे बडालगाउँका रामहरि बडाल दोस्रो र राजेशप्रसाद बडाल तेस्रो भए । कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालको सनातन हिन्दु राष्ट, अभियान नेपालका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, धुलिखेल नगर उपप्रमुख निराज जंगम, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव नेपाल, प्रशिक्षण विभाग प्रमुख भरतराज पौडेल, गायक रामहरि न्यौपाने, धुलिखेल सभापति गोपी बडाल लगायतले सनातन धर्मका बारेमा चर्चा गरेका थिए ।
