धुलिखेल– विपद् व्यवस्थापनमा सिकाई तथा आगामी कार्ययोजना विषयक कार्यशाला धुलिखेलमा भएको छ । असोज १२ गते आएको बाढी पहिरोका कारण पुगेको क्षति र पुननिर्माण लगायतका विषयमा कार्यशालामा छलफल भइरहेको छ । कार्यशालाको उद्घाटन खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री यादवले गत असोज महिनामा बाढीपहिरोका कारण देशैभरी पुगेको क्षेतिको पुननिर्माणकोलागि सरकार कटिबद्ध रहेको बताउनु भयो ।
बाढीपहिरोबाट देशभरका एक सय स्थानीय तहमा क्षेति भएको बताउँदै यादवले पहिलो चरणमा ७१ वटा स्थानीय सरकारलाई राहतका लागि ५० लाखदेखि एक करोड रुपियाँसम्म रकम निकासा गरेको बताउनु भयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटयूरो सदस्य गोकुलप्रसाद बास्कोटाले जिल्लामा रहेका खानेपानीका सिमित पानीका मोहनको स्रोतहरुको संरक्षण र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय प्रमुख दिपकुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामा लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गोष्ठीमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क यकिन गरी यकिन गरी तथ्याङ्कमा छलफल गरी आगामी दिनमा गर्नुपर्ने कामको विषयमा एकिकृत योजना बनाइने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले बाढी पहिरोको कारण काभ्रेका १३ वटै पालिकाका सडक सञ्जाल क्षतिविक्षात, खानेपानी समस्या, घरहरु पूर्वक्षति भएका नागरिकहरुको विच्चल्ली भएको हुँदा तीनै तहका सरकारले अभिभावकको भूमिका खेल्नुपर्ने बताउनु भयो ।
