IMG-LOGO

रोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष श्रीदासको निधन

 मंगल, पौष ९, २०८१  ---

 

               काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा हिजो पालिकामा शोक बिदा दिइएको छ । क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा निधन भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्