नेपाली कांग्रेस पार्टीको केन्द्रीय रणनीति र कार्य नीति अनुरुप देशैभरी सय दिने अभियान गाउँगाउँमा कार्यकर्ता माझ सशक्तरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी निर्वाचनमा पार्टीलाई १ नम्बर बनाउन गाँउ र नगरमा कार्यकर्ताको भावना बुझ्न जनताका समस्याहरुको बारेमा सुझ बुझका लागि कांग्रेसले सय दिने अभियान सञ्चालन गरेको कुरा नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामाले बाउनुभयो । नेपाली कांग्रेस वडा कार्य समिति रोशी गाउँपालिका वडा नं. २ का सभापति प्रतापसिं लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सम्मेलन तथा क्रियाशिललाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि जीतगंगा बस्नेतले राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको मुल मन्त्र भएकाले नागरिकहरुको जीवनमा आर्थिक सम्पन्नता, सामाजिक न्याय कायम गराउन प्रतिवद्ध भएको बताउनुभुयो ।
