IMG-LOGO

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु

 मंगल, पौष ९, २०८१  ---

               मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट हिजोदेखि हिउँदे वर्षा सुरु हुँन लागेको जनाएको छ । यसको प्रभाव काठमाडौं र पोखरामा पनि पर्नेछ । पश्चिम नेपालबाट हिजोदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार २०८१ पुष ८ गते राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ । काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर,  त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । हिजो तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ । यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्