IMG-LOGO

नेश्नल प्याब्सन काभ्रेको जिल्ला स्तरीय नृत्य प्रतियोगिता

 मंगल, पौष २, २०८१  ---

 

        काभ्रे/नेश्नल प्याब्सन काभ्रेले जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता नेश्नल प्याब्सन काभ्रेका अध्यक्ष अग्नि प्रसाद ज्ञावालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेश्नल प्याब्सनका केन्द्रिय समिती सदस्य जि. बि. खड्का रहेका थिए ।

        प्रमुख अतिथि खड्काले प्रतियोगिताले विद्यार्थीहरूलाई प्रतिभा प्रस्फुटन गर्न प्रेरणा दिने र सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुर्‍याउने विश्वास रहेको बताए । यस्ता प्रतियोगिताहरु नियमित रुपमा गर्नु पर्ने खड्काले बताए । प्रतियोगितामा बनेपा नगरपालिका वडानम्बर १० का का वडा अध्यक्ष चन्द्र बहादुर खड्का विभिन्न प्रकाशनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

        प्रतियोगितामा जुनियर तहतर्फ प्रथम उग्रचण्डी बोर्डिङ स्कुल, द्वितीय न्यु मोडेल एकेडेमी, तृतीय सेन्टलम एल्बम एकेडेमी र सान्त्वना पुरस्कार ग्रामीण पाठशालाले प्राप्त गरेको छ । त्यसैगरी बेष्ट अवार्ड पनौती इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । त्यसै गरी सिनियर तहतर्फ प्रथम ग्रामीण पाठशाला, द्वितीय सेन्टलम एल्बम एकेडेमी, तृतीय उग्रचण्डी बोर्डिङ स्कुल र इनर्जि सिटी अवार्ड पनौती बोर्डिङ स्कुल त्यसैगरी बेष्ट अवार्ड न्यु मोडेल एकेडेमीले प्राप्त गरेको छ ।

        प्रतियोगितामा निणर्ायकको भूमिका सिनियर नृत्य निर्देशक मोहन तौजले गरेका थिए भने प्रतियोगिताको सन्चालन नेश्नल प्याब्यासन काभ्रे जिल्ला सचिवविदुर शर्मा भण्डारीले गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्