IMG-LOGO

सह योग शिक्षक प्रशिक्षक तालिमको प्रमाण-पत्र वितरण

 मंगल, पौष २, २०८१  ---

 

        जन ज्योती योग साधना केन्द्र बनेपा-१० जनागाल, बनेपा-३ काशिभन्ज्याङ्ग नाला र पनौती-५ मुक्तिनाथ योग साधना केन्द्रमा पतंजलि योग समिती काभ्रेबाट संचालित १५ दिने सह योग प्रशिक्षणमा सहभागी हुनु भएका सह योग प्ररिक्षार्थीहरुलाई हालै बनेपाको योग भवनमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले प्रमाण-पत्र वितरण गर्नु भयो ।

    महिला पतंजलि योग समिती काभ्रेका अध्यक्ष इन्दिरा तौजलेले स्वागत मन्तव्य दिनु भएको सो कार्यक्रममा जन ज्योती योग साधना केन्द्रमा संयोजक शिव प्रसाद तिमल्सिना, काशिभन्ज्याङ्ग योग साधना केन्द्रका संयोजक राम शरण बजगाई, मुक्तिनाथ योग साधना केन्द्का संयोजक श्रीराम थापा, पतंजलि योग पिथ हरिद्वारका कर्पोरेट मेम्बर उद्धव प्रसाद तिमल्सिना, बनेपा न.पा. १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, तालिम संयोजक अनु श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको कार्यक्रमको उद्घोषण महामन्त्री श्याम कुमार श्रेष्ठले गर्नु भएको   थियो । उक्त योग प्रशिक्षणमा जम्मा १०७ जनाले भाग लिनु भएको थियो ।

      सोहि कार्यक्रममा पतंजलि योग पिठ हरिद्वारमा आयोजित ७ दिने एड्भान्स तालिममा भाग लिएका १८ जना योग शिक्षकहरुलाई हरिद्वारबाट उपलब्ध गराएको प्रमाण-पत्र वितरण गरिएको थियो । सोहि दिन पतंजलि आयुर्वेद मेडिकल कलेज, धुलिखेलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । सो शिविरमा ७५ जनाले स्वास्थ्य लाभ लिनु भएको थियो ।

      साथै पंतजली योग समिति काभ्रेद्धारा बनेपा नगरपालिकाको वडा नं. ४ स्थित श्री सृष्टिकान्त योग साधना केन्द्रको नव निमाणर् हुने भवणको सिलान्यास प्रमुख अतिथि बनेपा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हालै सिलान्यास गर्नुभयो । सो सिलान्यास कार्यक्रमको समुद्घाटन वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले द्धिप प्रज्वलित गरी उद्घाटन गर्नुभएको कार्यक्रमको विशिष्ट अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजले हुनुहुन्थ्यो । सो कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सो योग भवनको लागि वडा तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

        सो निमाणर् हुने योग भवनको लागि बालकृष्ण श्रेष्ठले जग्गा दान दिनभएको थियो भने अन्य चन्दादाताहरुलाई पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । युव नेपालका अध्यक्ष रमेश श्रेष्ठले सभापतित्व गर्नुभएको कार्यक्रमको मन्तव्य पंतजली योग समिति बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, पुनम कर्माचार्य, पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, बनेपा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, श्री सृष्टिकान्त योग साधनाका सन्ध्या रञ्जितकारले राख्नुभएको कार्यक्रमको उद्घोषण रमेश श्रेष्ठले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्